पेसागत व्यस्तताले तनावमा प्रहरी दस्ता, सात वर्षमा ३७ जनाले गरे आत्महत्या !

आत्महत्या गर्ने घटना भने अधिकांश व्यक्तिगत कारण देखिएका छन् । तर, पेसागत व्यस्तताले व्यक्तिगत र पारिवारिक जीवनमा कैयन् समस्या सिर्जना पनि भएका छन् । तिनै असन्तुष्टि र समस्याले असमयमै जागिर छाडिरहेकाहरू धेरै छन् । तनाव झेल्न नसक्ने केही आत्महत्यासम्म पुगिरहेका छन् ।

नेपालभ्युज

पेसागत व्यस्तताले तनावमा प्रहरी दस्ता, सात वर्षमा ३७ जनाले गरे आत्महत्या !

काठमाडौं । बुधबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सुरक्षाकर्मीहरूको भीड लाग्यो । संसद् बैठक बिहान ११ बजे बस्ने भनिएपनि बिहानै आठ साढे एक हुल सुरक्षाकर्मी जम्मा भए ।

संसद्को सुरक्षाको लागि भित्रै प्रहरी हुन्छन् तर, बानेश्वर वृत्तको एकवटा भ्यान साइरन बजाउँदै भित्र छर्‍यो ।

एकाएक केही मान्छेहरू पनि झुम्मिए । अनुमान लगाउन सकिन्थ्यो कि त्यहाँ केही अनौठो भएको छ । हुन पनि त्यस्तै भएको रहेछ, एकजना प्रहरीको टाउकोमा गोली लागेको रहेछ । रगत बगिरहेको रहेछ, ढलेका ती प्रहरी ज्यूँदा रहेनछन् ।

संसद् भवन परिसरमा नेपाल प्रहरीका एकजना जवानले आफैँलाई गोली प्रहार गरेर आत्महत्या गरेको पछि खुल्न आयो । ड्यूटीमा खटिएका २२ वर्षीय प्रहरी जवान अजित गोलेले आफ्नो साथमा रहेको राइफलबाट निधारमा गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखियो ।

एकसाताअघि ३१ जेठमा सिरहा प्रहरी कार्यालयको कम्पाउन्डभित्र बाथरुममा झुन्डिएको अवस्थामा २५ वर्षीया प्रहरी जवान करिश्मा सुनार मृत फेला परेकी थिइन् ।

०००

एक साताको अवधिमा दुई प्रहरीले आत्महत्या गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयको आँकडाअनुसार पछिल्ला सात वर्षमा झन्डै ३७ जना प्रहरी कर्मचारीले आत्महत्या गरेका देखिन्छ ।

जसमा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका कर्मचारी छन् । प्रधान कार्यालयले दिएको तथ्याङ्कअनुसार पछिल्लो सात वर्षमा एक एसएसपी, एक प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), एक प्रहरी सहायक निरीक्षक (असई), पाँच प्रहरी हबल्दार, २३ प्रहरी जवान, दुई प्रहरी कार्यालय सहयोगी समेतले आत्महत्या गरेका छन् ।

२ लाख खर्च गरेर दुबई पठाएको प्रेमिकाले धोका दिएपछि प्रहरी जवानले आफैँलाई हाने गोली !

सात वर्षकै आँकडालाई केलाएर हेर्ने हो भने बर्सेनि आत्महत्या गर्नेको सङ्ख्या उकालो चढिरहेको छ । प्रहरी कर्मचारीमा धेरै असन्तुष्टि छन् । तर, आत्महत्या गर्ने घटना भने अधिकांश व्यक्तिगत कारण देखिएका छन् ।

तर, पेसागत व्यस्तताले व्यक्तिगत र पारिवारिक जीवनमा कैयन् समस्या सिर्जना पनि भएका छन् । जानकारहरू भन्छन्, “तिनै असन्तुष्टि र समस्याले असमयमै जागिर छाडिरहेकाहरू धेरै छन् । तनाव झेल्न नसक्नेहरू मानसिक रोग पालेर बस्छन् । त्यहीमध्य केही आत्महत्यासम्म समेत गरिरहेका छन् ।”

प्रहरी कर्मचारीमा देखिएको आत्महत्याको यो चित्र निकै डरलाग्दो रहेको पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) हेमन्त मल्ल बताउँछन् । “आत्महत्या बढ्नु समाजका लागि निकै घातक विषय हो । त्यसमा पनि सार्वजनिक शान्तिसुरक्षामा खटिने र अपराध निवारणमा खटिनेहरू आत्महत्या गरिरहेका छन् भन्ने स्थिति भयावह देखिन्छ,” उनले भने ।

प्रहरीहरूको आत्महत्यामा पेशागत व्यस्तता मात्र नभएर आम मानिसको जस्तै समस्यासमेत रहेको देखिन्छ । आधुनिकीकरण र सामाजिक सञ्जालको बढ्दो प्रयोगले, साथी तथा पारिवारिक सम्बन्धमा आत्मीयता घट्दै गएकोले कलहहरू आत्महत्यासम्म पुग्ने गरेको जानकारहरू बताउँछन् ।

जानकारहरू भन्छन्, “कतिपय घटना आर्थिक कारोबारले गर्दा उब्जेका छन्, चिनेजानेकै भित्र कारोबार हुन्छ, चिनेजानेकै बीचमा सम्बन्ध हुन्छ, तनाव र समस्या सिर्जना भएपछि समाधानका लागि सकारात्मक पहल गर्नुको साटो आवेगमा हुने निर्णयले यस्ता अप्रिय घटना भइरहेका छन् ।”

प्रहरीमा राजीनामा दिनेको लहर, विमानस्थल प्रमुखले किन छाडे सेवा ?

आर्थिक सङ्कट र पारिवारिक समस्या सामना गर्ने क्षमता व्यक्तिपिच्छे फरक हुनेगर्छ । सङ्कटहरूमा अवसर र खतरा दुवै हुन्छ । अवसरमा रूपान्तरण गर्न सक्नेले जीवन बदल्न सक्ने र नसक्दा आवेगमा ज्यान गुमाउन पुग्ने अध्ययनकर्ताहरूको निष्कर्ष छ ।

एकातिर बढ्दो तनावले डिप्रेसनले आत्महत्याको ग्राफ बढिरहँदा अर्कातिर प्रहरी कर्मचारीमा असमयमै जागिर छाड्ने पनि बढेका छन् ।

पछिल्ला पाँचवटा आर्थिक वर्षमा ६ हजार बढी प्रहरी कर्मचारीले स्वैच्छिक अवकाश लिएका छन् । जसमा तल्लो स्तरका कर्मचारीको सङ्ख्या अधिक छ ।

स्वैच्छिक राजीनामा दिने मात्रै छैनन्, ड्यूटी छाडेर सम्पर्कविहीन हुने प्रहरी कर्मचारीको दर पनि उस्तै छ । प्रहरी प्रधान कार्यालयले त्यस्ता कर्मचारीका लागि बेलाबेला सार्वजनिक सूचना नै जारी गरेर सम्पर्कमा आउन आह्वान गरिरहेको देखिन्छ ।

नेपाल प्रहरीजस्तो सङ्गठनमा जागिरप्रति रुचि घट्दै जानु र आत्महत्या गर्ने सम्मको अवस्था कसरी आउँछ ? यसको स्पष्ट जवाफ कसैसँग छैन । बढुवा तथा सरुवा र प्रोत्साहनको कारणले यस्ता घटना बढिरहेको विश्लेषण हुने गरेको छ ।

प्रहरी प्रवक्ता दानबहादुर कार्की भन्छन्, “यही कारण हो भनेर एकिन भन्न सकिन्न ।”

सरुवा बढुवा र सेवा सुविधाका कारणले यस्तो घटना बढेका त होइनन् भन्ने प्रश्नमा उनी भन्छन्, “प्रहरी पनि मानिस हो । जस्तो समाजमा अवस्था छ त्यस्तै अवस्था नेपाल प्रहरीमा पनि हुने नै भयो । समाजको प्रभाव र असर नेपाल प्रहरीमा पनि परिहाल्छ नै ।”

जागिर छाड्दै भाग्ने प्रहरीको संख्या दिनहुँ बढ्दो, यस्ता छन् कारण


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved