संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालभ्युज

संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।

बैठकमा विनियोजन विधेयकमाथिको छलफल हुने संसद सचिवालयले जनाएको छ । सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यसूची छ । बैठकमा सांसदहरूले मन्त्रालयको खर्च कटौतीसम्बन्धी प्रस्ताव पेश गर्ने र निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved