सहकारी ठगीका विषयमा छानविन गर्न गठित समितिको बैठक बस्दै, कार्यविधि टुंगो लगाउने

नेपालभ्युज

सहकारी ठगीका विषयमा छानविन गर्न गठित समितिको बैठक बस्दै, कार्यविधि टुंगो लगाउने

काठमाडौं । सहकारी ठगी प्रकरणमा छानविन गर्न गठित संसदीय समितिको बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्ने छ ।

बैठकले समितिको कार्यविधिमाथि छलफल गरेर पास गर्ने तयारी गरेको छ ।

कार्यविधि पास गरेपछि समितिले आफ्नो काम विस्तृत रूपमा अगाडि बढाउने समितिका सदस्य बद्री पाण्डेले जानकारी दिए । समिति गठन भएको लामो समयसम्म पनि बैठक बस्न नसक्दा कार्यविधि पारित हुन सकेको छैन ।

सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नै संलग्न भएको भन्दै नेपाली कांग्रेसले छानबिन समितिको माग गरेपछि गत जेठ १५ गते समिति गठन भएको थियो ।

समितिको सभापतिमा एमाले सांसद सूर्य थापा छन् । समितिले तीन महिना भित्र छानविन गरि प्रतिवेदन बुझाउने जिम्मा पाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved