ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्धको विश्व चेतना दिवस मनाइँदै

नेपालभ्युज

ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्धको विश्व चेतना दिवस मनाइँदै

काठमाडौं । आज १५ जुन अर्थात् १९ औँ ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्धको विश्व चेतना दिवस मनाइँदैछ ।

यसवर्ष सङ्कटको समयमा ज्येष्ठ नागरिकलाई संरक्षण र समर्थन महत्वपूर्ण आवश्यकता रहने कुरालाई जोड दिइएको छ ।

जेष्ठ नागरिकमाथि हुने दुर्व्यवहार विरुद्धको रोकथाम गर्ने अन्तर्राष्ट्रिय सञ्जालले सन् २००६ देखि हरेक वर्ष जुन १५ तारिखलाई ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको विश्व चेतना दिवस विभिन्न कार्यक्रम गरेर मनाउन थालेको हो । नेपालले यो दिवस सन् २०१२ देखि मनाउन शुरु गरेको हो ।

दिवसको अवसरमा शुभकामनामार्फत् महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सम्पूर्ण ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गरी मातृदेवो भवः पितृ देवो भवःको भावना जागृत गर्न सबैमा आह्वान गरेकी छन् ।

उनले ज्येष्ठ नागरिक पथ प्रदर्शक र अमूल्य निधि भएको बताउँदै ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्ताले ग्रहण गर्नुपर्नेमा जोड दिए ।

हरेक घरपरिवारमा ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने वातावरण सिर्जना गरी सरल, सहज जीवनयापन गर्न, सबै प्रकारका दुर्व्यवहारको अन्त्य र सम्मानजनक व्यवहारको आवश्यकता भएकाले सरकारले ज्येष्ठ नागरिकको लागि नीतिगत व्यवस्था गरेको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved