आन्दोलनरत विद्यार्थीको समूहले विराटनगरमा सरकारी गाडी जलायो

नेपालभ्युज

आन्दोलनरत विद्यार्थीको समूहले विराटनगरमा सरकारी गाडी जलायो
सांकेतिक तस्वीर।

काठमाडौं । आन्दोलनरत विद्यार्थीको समूहले विराटनगरमा सरकारी गाडीमा आगजनी गरेको छन् ।

उनीहरुले महेन्द्र मोरङ बहुमुखी क्याम्पस अगाडी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको स्करपियो गाडीमा आगजनी गरेका हुन् ।

आगजनीबाट गाडी पूर्णरुपमा जलेर नष्ट भएको छ । आक्रोशित विद्यार्थीको समूहले सडकमा दौडिएका अन्य सरकारी गाडीमाथि ढुंगा प्रहार गरेका छन् ।

मोरङको रंगेली नगरपालिकाका नगर रक्षक (नगर प्रहरी)माथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो । उनीहरूको रिहाइको माग राख्दै विद्यार्थी शुक्रबारदेखि आन्दोलित छन् ।

उनीहरुले आजै बिहान रोडशेष चोकमा केही समय सडक अवरुद्ध गरेका थिए । पक्राउ परेका विद्यार्थीलाई बिना शर्त रिहाई नगरे थप आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved