काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिटमा आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।
गत बुधबार यो रिट लाई पूर्ण इजलासमा पठाउने आदेश भएको थियो सोही बमोजिम आज सुनुवाई हुन लागेको हो ।
बहालवाला मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधान विपरीत नयाँ मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै केदार कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको छ ।
संविधानको धारा १६८को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीलाई विश्वासको मत नलिएको आधारमा हटाइएको थियो भने हिक्मत कार्कीलाई सोही उपधारा अनुसार नै सपथ गराइएको थियो । यहि प्रक्रिया असंवैधानिक भएको भन्दै केदार कार्की आफूलाई मुख्यमन्त्रीमा फर्काइनु पर्ने माग गर्दै अदालत गएका हुन् ।
आजदेखि हुने अन्तिम सुनुवाइले कार्कीको पक्षमा फैसला सुनाए उनी मुख्यमन्त्रीमा फर्कने छन् भने रिट खारेज गरेमा हिम्मत कार्की नै मुख्यमन्त्रीमा निरन्तर हुने छन् ।
Facebook Comment
Comment