भारतको लोकसभा चुनावमा कम्युनिष्टहरूको प्रदर्शन कस्तो भयो ?

सीपीएमले पश्चिम बंगाल राज्यमा ३४ वर्ष र त्रिपुरामा २६ वर्ष शासन गरेको थियो । तर, यी दुवै राज्यमा कम्युनिष्ट समूह शून्य भएका छन् । केरलमा अहिले पनि वामगठबन्धनको सरकार छ । तर, त्यहाँ वाम गठबन्धनले जम्मा १ सिट जितेको छ ।

नेपालभ्युज

भारतको लोकसभा चुनावमा कम्युनिष्टहरूको प्रदर्शन कस्तो भयो ?

काठमाडौं । भर्खरै सम्पन्न भएको भारतको १८ औं लोकसभा निर्वाचनमा कम्युनिष्ट समूहहरुले जम्मा ९ सिट जितेका छन् । ५४३ सिटको लोकसभामा यो संख्या निकै सानो हो ।

सबैभन्दा ठूलो कम्युनिष्ट समूह भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी (सीपीएम) ले ४ सिट जितेको छ । भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) र सीपीआई एमएलएलले २-२ सिट जितेका छन् भने अर्को कम्युनिष्ट समूह क्रान्तिक्रारी समाजवादी पार्टी (आरएसपी) ले १ सिट जितेको छ ।

सीपीएमले पश्चिम बंगाल राज्यमा ३४ वर्ष र त्रिपुरामा २६ वर्ष शासन गरेको थियो । तर, यी दुवै राज्यमा कम्युनिष्ट समूह शून्य भएका छन् ।

केरलमा अहिले पनि वामगठबन्धनको सरकार छ । तर, त्यहाँ वाम गठबन्धनले जम्मा १ सिट जितेको छ । गठबन्धन बाहिरको अर्को वाम दल आरएसपीले थप १ सिट जितेको छ ।

सीपीएमले २ सिट तमिलनाडु र १ सिट राजस्थानबाट प्राप्त गरेको हो । सीपीआईले जितेका दुवै सिट तमिलनाडुका हुन् । यस्तै मालेका दुवै सिट बिहारका हुन् । यी दल विपक्षी गठबन्धनमा थिए ।

दीपंकरण भट्टचार्य नेतृत्वको सीपीआई–एमएलएलले बिहारको आरा र कराकात निर्वाचन क्षेत्रमा जितेको छ ।

यी दलले प्राप्त गरेको भोट पनि न्यून देखिएको छ । कम्युनिष्ट समूहमध्ये सबैभन्दा धेरै सीपीएमले १.७६ प्रतिशत मत पाएको छ । सीपीआईले ०.४९ प्रतिशत, सीपीआई–एमएलएलले ०.२७ प्रतिशत छ ।

अघिल्लो चुनावमा कम्युनिष्ट समूहले ५ सिट जितेका थिए । सीपीएमको ३ र सीपीआईको २ सिट थियो । यसपटक यो संख्या केही बढेको छ ।

भारतमा कम्युनिष्ट समूहले लोकसभामा ६४ सिटसम्म हासिल गरी प्रमुख विपक्षी शक्तिसम्म बनेको इतिहास छ ।

सन् १९९० को दशकमा कम्युनिष्ट नेता तथा बंगालका मुख्यमन्त्री ज्योति बसुलाई गठबन्धन सरकारको प्रधानमन्त्री बन्न प्रस्तावित गरिएको थियो । तर, उनले त्यसलाई अश्विकार गरेका थिए ।

 

भारतमा कम्युनिष्ट समूहको इतिहास कस्तो थियो भन्ने जान्न यो पढ्नुहोस : 

किन कमजोर भए भारतीय कम्युनिष्ट ? यी हुन् मुख्य ७ कारण


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved