काठमाडौं। प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ गण्डकीले बुढानिलकण्ठ भलिबल क्लब र त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम क्लबलाई पराजित गरेको छ। यससँगै आर्मी र गण्डकीले प्रतियोगितामा लगातार चौथो जित हासिल गरेका छन्।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् राखेप को कभर्डहलमा मंगलबार भएको खेलमा गण्डकीले बुढानिलकण्ठ लाई ३–१ को सेटमा पराजित गरेको हो।
गण्डकीले बुढानिलकण्ठलाई पहिलो सेटमा २५–१४ ले हरायो। दोस्रो सेटमा बुढानिलकण्ठले गण्डकीलाई २५–२२ ले हरायो।
तेस्रो सेटमा गण्डकीले बुढानिलकण्ठलाई २५–१८ ले पराजित गर्यो। चौथो सेटमा पनि आफ्नो दबाबलाई कायम गर्दै गण्डकीले बुढानिलकण्ठलाई २५–२२ ले हरायो।
अर्को खेलमा, त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम स्पोर्ट्स काउन्सिलाई ३–० को साझो सेटमा पारजित गरेको छ।
आर्मीले सुदूरपश्चिमलाई पहिलो सेटमा २५–२२, दोस्रो सेटमा २५–१५ र तेस्रो सेटमा २५–२२ ले पराजित गरेको हो।
Facebook Comment
Comment