नेदरल्यान्ड्सविरुद्ध नेपाल : ‘हेड टु हेड’मा को बलियो ?

नेपालभ्युज

नेदरल्यान्ड्सविरुद्ध नेपाल : ‘हेड टु हेड’मा को बलियो ?

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेपालले पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । अमेरिकाको डलासमा हुने खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन् । तर, सिरिजमा भने दुई टोलीबीच धेरै खेल भइसकेका छन् ।

हेड टु हेडको आंकडा हेर्ने हो भने नेपालमाथि नेदरल्यान्ड्स हाबी छ । पछिल्ला पाँच भेटमा नेपालले दुई र नेदरल्यान्ड्सले ३ खेल जितेको छ ।

यस्तै, दुई देशको पछिल्ला पाँच खेलको तथ्यांक हेर्ने हने भने नेपाल ३ खेलमा विजयी र दुईमा पराजित भएको छ ।

नेदरल्यान्ड्स पनि पछिल्ला पाँच टी २० खेलमा ३ मा हार दुई खेलमा पराजित भएको छ ।

नेपाल हाल टी–२० अन्तर्राष्ट्रियको वरीयतामा १६औं स्थानमा छ भने नेदरल्यान्ड्स १२ औं स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved