भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँ : मन्त्री श्रेष्ठ

नेपालभ्युज

भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँ : मन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलको लागि आवासीय कबर्ड हल बनाउने बताएका छन् ।

शनिवारबाट काठमाडौंमा सुरु भएको आठौं एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आगामी आर्थिक वर्षमा भलिबलको लागि एउटा आवासीय कबर्ड हल बनाउन कुरामा छलफल भइरहेको र बन्नेमा आशावादी रहेको बताए ।

नेपालमा भलिबल खेलको निकै ठूलो सम्भावना रहेको उनको भनाइ छ ।

श्रेष्ठले भलिबलको लागि राम्रो कभर्ड हल बनाउने चुनौति अहिले रहेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved