विश्वभर कोरोना संक्रमितको संख्या ३० करोड नाघ्यो

एकै दिन २३ लाख ५९ लाख संक्रमित

विश्वभर पछिल्लो २४ घण्टामा २३ लाख नयाँ कोरोना संक्रमित थपिएका छन् ।

नेपालभ्युज

विश्वभर कोरोना संक्रमितको संख्या ३० करोड नाघ्यो

काठमाडौं। विश्वभर पछिल्लो २४ घण्टामा २३ लाख नयाँ कोरोना संक्रमित थपिएका छन् । २३ लाख ५९ हजार ६५६ जना कोरोना संक्रमित थपिएका ओर्ल्डोमिटरमा विवरण छ। यो संख्या हिजो बिहीबारभन्दा ५ हजारले कम हो। यसअघि बुधबार साढे २० लाखभन्दा धेरैमा संक्रमण थपिएको थियो।

भारतमा मात्रै १ लाख १४ हजार ४ सय ८४ नयाँ संक्रमित थपिएका छन्। आज अमेरिकामा मात्रै ६ लाख ४६ हजार थपिए। फ्रान्समा २ लाख ६१ हजार थपिदा इटलीमा २ लाख १९ हजार थपिएका छन्। बेलायतमा एक लाख ७९ हजार र अर्जेन्टिनामा १ लाख ९ हजार थपिएका छन्।

यससँगै कुल संक्रमितको संख्या ३० करोड ५ लाख ३८ हजार ६०८ पुगेको छ। तीमध्ये २५ करोड ७४ लाख ५२ हजार ८९ जना निको भइसकेका छन् भने ५४ लाख ८८ हजार ८८४ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा ६ हजार २३४ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो एक दिनमा ६ लाख ५६ हजार ८८९ जना कोरोनामुक्त भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved