काठमाडौं । भारतको राजधानी दिल्लीको तापक्रम ५२.९ डिग्री सेल्सियस पुगेको बुधबार साँझ भारतीय सञ्चारमाध्यमले जनाएका थिए । भारतमा रेकर्ड भएको यो अहिलेसम्मकै उच्च तापक्रम भएको बताइएको थियो ।
तर, मौसम विभाग र विज्ञान मन्त्रालयले दिल्लीको तापक्रम यति उच्च थियो वा थिएन भन्ने विषयमा विज्ञप्ती जारी गर्दै यस तथ्याङ्कको पछाडि सेन्सरको खराबी हुनसक्ने सम्भावना व्यक्त गरेको छ ।
विज्ञप्तीमा मंगेशपुरको तापक्रम ५२ दशमलव ९ डिग्री रेकर्ड हुनुको एउटा कारण सेन्सरको खराबी हुनसक्ने उल्लेख छ । मौसम विभागले सेन्सर र तथ्याङ्क जाँच गरिरहेको छ।
विज्ञप्तीमा भनिएको छ, ‘वर्ष २०२२ मा मौसम विभागले स्वचालित मौसम स्टेसनहरू स्थापना गरेको थियो । यी स्टेसनहरू १५ नयाँ स्थानमा स्थापना गरिएको थियो। यसबाहेक ५ वटा विभागीय अब्जरभेटरीहरू छन् । मे २९, २०२४ मा यी अबजरभेटरी र मौसम स्टेसनहरूमा तापमान ४५.२ डिग्रीदेखि ४९.१ डिग्री थियो।’
विज्ञप्तिमा थप भनिएको छ, ‘मंगेशपुरमा ५२ दशमलव ९ डिग्री तापक्रम रेकर्ड गर्नु बिलकुलै फरक कुरा हो। सेन्सरको खराबीका कारण यस्तो भएको हुन सक्छ वा तापक्रम बढ्नुको कारण स्थानीय तत्त्व पनि हुनसक्छ। मौसम विभागले यसबारे अनुसन्धान गरिरहेको छ ।’
Facebook Comment
Comment