काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफुलाई पक्राउ पुर्जी माग गरेकोमा अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजकप्रति आक्रोश व्यक्त गरेका छन् ।
गाजा द्वन्द्वमा कथित युद्ध अपराधको आरोपमा हमासका नेताहरूसँगै नेतान्याहुलाई पक्राउ पुर्जी माग गरिएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० का प्रमुख अभियोजक करिम खानले गाजामा भएको युद्ध अपराधका लागि इजरायलका प्रधानमन्त्री नेतान्याहु र रक्षामन्त्री याव गालान्टलाई जिम्मेवार ठहराउन सक्ने कारणहरू रहेको दाबी गरेका छन्।
प्रधानमन्त्री नेतन्याहुले लोकतान्त्रिक इजरायललाई हमाससँग तुलना गरिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । उनले सामुहिक हत्याराका रुपमा परिचित हमाससँग इजरायलको तुलना गरिएकोमा आपत्ती जनाएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि इजरायल र हमास बीच कुनै समानता नभएको टिप्पणी गरेका छन् । अभियोजक करिम खानले गाजामा भएको युद्ध अपराध र मानवता विरुद्धको अपराधको लागि प्रधानमन्त्री नेतान्याहू र रक्षामन्त्री योभ ग्यालान्ट जिम्मेवार भएको दलिल पेश गरेका छन् ।
आईसीसीले हमासका नेता याह्या सिनवारलाई युद्ध अपराधको लागि वारेन्ट जारि गरिसकेको छ । इजरायल र अमेरिका आईसीसीका सदस्य छैनन् । यो अदालत सन् २००२ मा स्थापना भएको हो।
Facebook Comment
Comment