पशुपतिमा चढाइएको भेटी चोर्ने आठ कर्मचारी पक्राउ

नेपालभ्युज

पशुपतिमा चढाइएको भेटी चोर्ने आठ कर्मचारी पक्राउ

काठमाडौं । पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने कर्मचारीहरु पक्राउ परेका छन् ।

भगवानलाई चढाइएको भेटी गन्दै गर्दा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना पक्राउ परेका हुन् ।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीले सिसी क्यामेरामा उनीरुले भेटी लुकाएको देखिएपछि उनीहरुलाई पक्राउ गरिएको बताए ।

पक्राउ परेका सबैलाई छानबिनका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ । परियार पशुपतिमा बाजा बजाउने कर्मचारी हुन् । प्रारम्भिक बयानमा परियारले कोषकै केही पदाधिकारीको निर्देशनमा चोरी गरेको बताएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved