काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका छन् । कांग्रेसको नाराबाजी जारी रहँदा सभामुख देवराज घिमिरेले प्रचण्डलाई प्रस्ताव पेश गर्न समय दिएका थिए ।
त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी, ललिता निवास, बाँसबारी, बालमन्दिर, सुन काण्ड लगायतमा प्रकरणमा सरकारको निर्भिक र निष्पक्ष कारबाहीले जनतामा लोकतान्त्रिक शक्तिप्रति ठूलो भरोसा जागेको बताए ।
उनले जनतामा सुशासनका क्षेत्रमा ठूलो आशा जागेको बताए । ‘पछिल्ला दिनमा लोकतन्त्र कताकता नेतातन्त्र जस्तो देखिँदै गएको थियो । राजनीतिक नेतृत्व कानुनभन्दा माथि भएको वैचरिकी बनिरहेको थियो । त्यसले समग्र व्यवस्थामाथि नै अविश्वास बढाइरहेको थियो’, उनले भने।
अहिले प्रधानमन्त्रीको प्रस्तावमाथि छलफल जारी छ ।
यो पनि पढ्नुहोस्- कांग्रेसद्वारा वेल घेराउ, विश्वासको मत लिने प्रस्ताव पेश गर्न सभामुखले प्रधानमन्त्रीलाई दिए समय
Facebook Comment
Comment