कांग्रेसलाई लक्षित गर्दै रविले भने– रातिराति प्रधानमन्त्रीको अफर गर्ने, दिउँसो संसद अवरुद्ध गर्ने ?

डेढ वर्ष प्रधानमन्त्रीको अफर आएको दाबी

नेपालभ्युज

कांग्रेसलाई लक्षित गर्दै रविले भने– रातिराति प्रधानमन्त्रीको अफर गर्ने, दिउँसो संसद अवरुद्ध गर्ने ?

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उसले भनेअनुसार वर्तमान गठबन्धन भत्काएर प्रधानमन्त्री नबनेको भन्दै आफूविरुद्ध प्रतिसोध साँधेको दाबी गरेका छन् ।

सहकारीको रकम अपचलन गरेको कांग्रेसको आरोपप्रति संसद्को बैठकमा जवाफ दिँदै प्रधानमन्त्रीको अफर आएको खुलासा गरे ।

आज पहिलो पटक उनले संसदमा बोलेका उनले आफूलाई कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको र त्यो अस्वीकार गरेपछि सहकारीको मुद्दा चर्काएको आरोप लगाए ।

उनले भने, ‘‘रातिराति प्रधानमन्त्रीको अफर गर्ने, दिउँसो संसद अवरुद्ध गर्ने ? यस्तो पनि हुन्छ । म गृहमन्त्री बन्न नैतिकरुपमा नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिँ मिल्ने ? अफर गर्नेहरूले कान रातो पार्नु पर्दैन । मलाई डेढ वर्ष प्रधानमन्त्री स्विकार्ने अफर डेट एक्सपायर भयो कि बाँकी छ ? त्यसपछि म आफ्नो नैतिकताको परीक्षा दिउँला ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved