एन्फा सीईओ तुलाधरविरुद्ध अख्तियारमा उजुरी, भ्रष्टाचारमा लिप्त भएको आरोप

नेपालभ्युज

एन्फा सीईओ तुलाधरविरुद्ध अख्तियारमा उजुरी, भ्रष्टाचारमा लिप्त भएको आरोप

काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाका तत्कालीन महासचिव एवं वर्तमान प्रमुख कार्यकारी अधिकृत सीईओ इन्द्रमान तुलाधरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

नेपाल भ्युजलाई प्राप्त उजुरी विवरणमा उजुरीकर्ताले ‘भ्रष्टाचार र गैरकानुनी सम्पत्ति आर्जन अन्तर्गत कारबाही’ गर्न माग गरेका छन् ।

तत्कालीन महासचिव एवं वर्तमान प्रमुख कार्यकारी अधिकृत(सिईओ) तुलाधरले प्रयोग गर्दै आएको एन्फाको नाममा दर्ता भएको रातो विद्युतीय कारमा आवश्यक सीडी प्लेयर, ब्याक क्यामरा, स्टेरिङ्ग कभर, हिलो म्याट र सिट कभर जाली खरिद गर्ने क्रममा तत्कालीन एन्फा अध्यक्ष समेतलाई गुमराहमा पारेर भष्ट्राचार गरेको र एउटै नम्बरको बिलमा समेत किर्ते गरेको उजुरीमा उल्लेख छ ।

‘सामान्य विषयमा समेत भष्ट्राचार गर्न उद्यत देखिएकोले निज लामो समयसम्म एन्फामा विभिन्न पदमा रही कार्य गरेको देखिँदा निजको सम्पत्ति समेत जाँचबुझ गर्नुपर्ने देखिन्छ’, उजुरीमा उल्लेख छ ।

तुलाधरले विगतमा पनि राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत तेक्वान्दोको सहायक प्रशिक्षक हुँदा एन्फाको सीईओ समेत नियुक्त भइ दोहोरो तलब भत्ता बुझेको भन्दै सो समेत छानबिन गरी आवश्यक कारबाहीका लागि अनुरोध गरिएको छ ।

निवेदनमा तुलाधारको सीईओको नियुक्तिलाई गैरकानुनी दाबी गरिएको छ। उजुरीमा भनिएको छ, ‘एन्फाको कर्मचारी सेवा सर्त सम्बन्धी नियमावली २०७७ मा स्पष्ट व्यवस्था हुँदाहुँदै शुरुको प्रक्रिया पूरा नगरी संघको विधानको धारा ३८ को (छ) लाई अपव्याख्या गरी स्वार्थ बाझिने गरी संकटा क्लबको अध्यक्ष श्री इन्द्रमान तुलाधरले गैकानुनी रुपमा नियुक्ति लिइ १,०५,००० ( एक लाख पाँच हजार) तलब भत्ता लिँदै आएको समेत जानकारी गराउँदछौँ ।’

यस्तो छ उजुरी :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved