गृहमन्त्री लामिछाने बिहानै अन्तर्राष्ट्रिय विमानस्थल पुगे, विदाई गर्न जानेको घुइँचो व्यवस्थापनमा विशेष चासो

नेपालभ्युज

गृहमन्त्री लामिछाने बिहानै अन्तर्राष्ट्रिय विमानस्थल पुगे, विदाई गर्न जानेको घुइँचो व्यवस्थापनमा विशेष चासो

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । आज बिहानै विमानस्थल पुगेर गृहमन्त्री लामिछानेले विमानस्थल भित्रका विभिन्न क्षेत्रको निरिक्षण गरेका हुन् ।

लामिछानेले प्रस्थान र आगमन कक्ष, बोर्डिङ काउन्टर, अध्यागमन काउन्टर, अध्यागमन र प्रहरी कार्यालय, भन्सार जाँच पास, लगेज व्यवस्थापनलगायत क्षेत्रको अनुगमन गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

गृहमन्त्री लामिछानेलाई विमानस्थल सुरक्षाका अधिकारी, विमानस्थल अध्यागमन कार्यालयका प्रमुख र विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुखले आ–आफ्ना निकायका जिम्मेवारी, जनशक्ति, कार्य प्रणाली र समस्याबारे अवगत गराएका थिए ।

मन्त्री लामिछानेले यात्रुले गर्दै आएका गुनासो, सुरक्षा संवेदनशीलता, अध्यागमनलाई थप प्रविधिमैत्री बनाउन गर्नुपर्ने काम र अध्यागमनका कर्मचारीको ड्युटी रोष्टर प्रणालीबारे विशेष चासो व्यक्त गरेका थिए ।

उनले विदाई गर्न जानेका कारण विमानस्थल क्षेत्रमा बढेको घुइँचो न्यूनीकरणबारे पनि चासो राखेका थिए । विमानस्थललाई उच्चतम प्रविधिमैत्री बनाउनु पर्नेमा लामिछानेको जोड थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved