श्रीमतीको हत्या आरोपमा कजाकिस्तानका पूर्वमन्त्रीलाई २४ वर्षको कारागार सजाय

नेपालभ्युज

श्रीमतीको हत्या आरोपमा कजाकिस्तानका पूर्वमन्त्रीलाई २४ वर्षको कारागार सजाय
सांकेतिक तस्वीर

एजेन्सी ।  आफ्नी श्रीमतीलाई रेस्टुरेन्टमा कुटपिट गरी हत्या गरेको आरोपमा कजाकिस्तानको एक अदालतले एक पूर्वमन्त्रीलाई सोमबार २४ वर्षको कारागार सजाय सुनाएको छ ।

राजधानी अस्तानाको अदालतले पूर्वअर्थमन्त्री कुआन्डिक बिशिम्बायेभलाई कारागार सजाय सुनाएको हो । उनले गत वर्ष आफ्नी श्रीमती साल्टानाट नुकेनोभाको हत्या गरेका थिए । चवालिस वर्षीय बिशिम्बायेभलाई यातना र हत्या गरेको अभियोगमा दोषी पाइएको थियो ।

हत्यापछि मुलुकमा महिलाहरूको सुरक्षाका लागि कडा कानून बनाउन माग गर्दै अनलाइन आवेदन सुरु गरिएको थियो । यसले केही दिनमै दशौँ हजार हस्ताक्षर संकलन गरेको छ ।

बिशिम्बायेले आफू निर्दोष भएको बताएका छन् । उनलाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा पहिला नै १० वर्षको कारागार सजाय सुनाइएको थियो तर एक वर्षपछि आममाफीपछि उनी रिहा भएका थिए ।

घरेलु हिंसालाई फौजदारी संहितामा समावेश नगरिएको कजाकिस्तानमा हरेक वर्ष ८० भन्दा बढी महिला हत्या आधिकारिकरूपमा रेकर्ड हुन्छन् । संयुक्त राष्ट्रसङ्घले अनौपचारिकरूपमा महिला हत्याको सङ्ख्या चार सयसम्म हुनसक्ने अनुमान गरेको छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved