यो हप्ता सरकार विस्तार हुन्छ, एकीकृत समाजवादीबारे छलफल गर्छौं : मुख्यमन्त्री कार्की

नेपालभ्युज

यो हप्ता सरकार विस्तार हुन्छ, एकीकृत समाजवादीबारे छलफल गर्छौं : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ।

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन् ।

सोमबार प्रदेश सभाबाट विश्वासको मत पाएपछि मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

‘केही सैद्धान्तिक कुराहरू हामीले गरेका छौँ, यसको आधारमा अब हामी एक दुई दिनभित्र सबै कुरा टुंग्याएर ढिलोमा पनि यो हप्ताभित्र सरकार विस्तार गरिसक्छौँ।’ उनले भने ।

नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउनेबारे छलफल हुने बताए । ‘नेकपा एकीकृत समाजवादीले प्रतिपक्षमा बसेर मत दिएको छ । त्यसबारे हामी छलफल गर्नेछौं ।’ कार्कीले भने ।

सोमबार बसेको प्रदेशसभा बैठकमा कार्कीले राखेको प्रस्तावको पक्षमा ५७ सांसदले मत दिए भने विपक्षमा शून्य मत परेको थियो ।

यस्तै ५ सांसद तटस्थ बसे । ९३ सदस्यीय प्रदेशसभाको बैठकमा ६२ जना सांसद उपस्थित थिए । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने सदन नै बहिष्कार गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved