सप्तरीमा बैंक लुट्न नसकेपछि सुरक्षा गार्डको हत्या, भागेर चितवन पुगेपछि प्रहरीको फन्दामा

नेपालभ्युज

सप्तरीमा बैंक लुट्न नसकेपछि सुरक्षा गार्डको हत्या, भागेर चितवन पुगेपछि प्रहरीको फन्दामा

काठमाडौं । सप्तरीको फत्तेपुरमा नेपाल बैंक लुट्न गएका एक जना सुरक्षा गार्डको हत्या गरी चितवन पुगेपछि पक्राउ परेका छन् ।

सप्तरीको सप्तकोशी नगरपालिका– ५ बस्ने ३२ वर्षका चन्द्रबहादुर सुवेदी चितवनबाट पक्राउ परेका हुन् । उनलाई सप्तरी लगिएको छ ।

उनले आफ्नै नगरपालिका वडा नम्बर २ का परशुराम फुयाँलको हत्या गरेको प्रहरीले जनाएको छ ।

सप्तकोशी नगरपालिका– १, फत्तेपुरमा रहेको नेपाल बैंकका शाखामा लुटपाट गर्ने उद्देश्यले गत शुक्रबार मध्यराति पुगेका थिए । सुवेदीले तीन घण्टासम्म प्रयास गर्दा पनि नसकेपछि धारिलो हतियार प्रयोग गरी सुरक्षा गार्डको हत्या गरेर भागेका थिए ।

दुई दिनपछि आइतबार प्रहरीले चितवनको राप्ति नगरापालिका–१ लोथरबाट पक्राउ गरेको सप्तरीका प्रवक्ता प्रहरी नाब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved