बाटोमा हिँड्दा कुम ठोक्किएकै निहुँमा हत्या, ‘हत्यारा’ ग्याङका चारैजना नाबालिग

काठमाडौंको बत्तिसपुलतीस्थित कुमारी मार्गमा गएराति किशोरहरूको एक समूह चक्कु लिएर काटाकाटमै उत्रियो, त्यो पनि बाटो हिँड्दा कुम ठोक्किएको निहुँमा । दुईजना रहेको समूहका धिमालमाथि चक्कु प्रहार गरे । दुवै समूहले यसअघि दुवै जनालाई चिनेका थिएनन् ।

नेपालभ्युज

बाटोमा हिँड्दा कुम ठोक्किएकै निहुँमा हत्या, ‘हत्यारा’ ग्याङका चारैजना नाबालिग

काठमाडौं । ‘अति सामान्य’ सामाजिक विषयमा बढेको रिसइबी जघन्य अपराधमा बदलिएका छन् । झिल्कोबाट सल्केको आगोझैँ साना घटनाले परिवार, वंश ‘सखाप’देखि साथीभाइ, आफन्त र बटुवा समेतको ज्यान गइरहेको छन् ।

काठमाडौंको बत्तिसपुलतीस्थित कुमारी मार्गमा गएराति किशोरहरूको एक समूह चक्कु लिएर काटाकाटमै उत्रियो, त्यो पनि बाटो हिँड्दा कुम ठोक्किएको निहुँमा ।

शनिबार बेलुकी साढे ७ बजेको थियो । बत्तिसपुतलीको कुमारी मार्गमा दुई विपरीत दिशाबाट अलग अलग समूहमा केटाहरू आइरहेका थिए । एकतिर थिए तीनजना, अर्कोतिर थिए २ जना युवा ।

अलि पर पुगेपछि दुवै समूह भेट भयो । आफ्नै तालमा हिँड्दा फरकफरक ग्याङका दुईजनाबीच कुम ठोक्कियो । २ जनाको समूहमा थिए, मोरङ पत्थरी शनिस्चरे नगरपालिका— ९ का २४ वर्षीया शम्भु धिमाल र साथमा २३ वर्षीय मनिष चौधरी ।

उनीहरू गौशाला भित्र बिजयचोकमा डेरा गरी बस्थे । उनीहरू डेरा जाँदै थिए । शम्भुको अर्काे तर्फबाट आइरहेका तीनजना मध्य एक जनासँग कुम ठोक्कियो ।

ठोक्किएपछि दुवैले ‘सरी’ भनेनन् । विवाद फैलियो भूसको आगो झैँ । तीन जनाको समूहले अर्का साथी बोलाए । उनीहरू ३ जनाको समूह राति बर्थडे पार्टी मनाएर फर्कँदै थिए ।

अब त्यो समूहमा चार जना भए । पछि आएको साथीले चक्कु लिएर आएको रहेछ । दुईजना रहेको समूहका धिमालमाथि चक्कु प्रहार गरे । चौधरीलाई पनि चक्कु हानेर भागे । गम्भीर घाइते भएका धिमाललाई प्रहरीले उपचारको लागि सिनामंगलस्थित केएमसी अस्पताल लगेका थिए ।

अस्पताल पुर्‍याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए । अर्का घाइते चौधरी घाइते छन् । उनको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
दुई समूहबीच सामान्य विषयमा विवाद हुँदा हत्या गरेको काठमाडौं प्रहरी परिसर प्रमुख वसन्त रजौरेले बताए । उनका अनुसार उनीहरूले एक अर्कालाई चिनेका समेत थिएनन् ।

पक्राउ परेका ४ जनानै नाबालिग भएकाले प्रहरीले नाम खुलाएको छैन । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रमुख रजौरेले बताए ।

०००

अनुसन्धानका क्रममा दुवै समूहले यसअघि दुवै जनालाई चिनेका थिएनन् । घटना क्षणिक आवेगमा भएको देखिन्छ । पछिल्लो समय अधिकांश हत्याका घटना ठूला कारण र नियोजित नभई आवेगका कारण भइरहेको छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी भीम ढकालका अनुसार अपराधको सङ्ख्या तुलनात्मक रूपमा देशभर बढ्दो छ । यसमा पनि कर्तव्य ज्यानको सङ्ख्या अधिक छ । प्रहरीले देशभरको तुलनामा काठमाडौं उपत्यकालाई बढी अपराध हुने क्षेत्र मानेको छ । राजनीतिक र आर्थिक गतिविधि हुने राजधानीमा सङ्गठित अपराध बढी छन् ।

क्षणिक आवेगमा हुने हत्या बाहेक आपराधिक गिरोहहरूले परम्परागत नभई नयाँ शैली र प्रविधि प्रयोग गरी अपराध गर्छन् जुन अनुसन्धानको लागि निकै चुनौतीपूर्ण पनि छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved