बञ्चरो प्रहारबाट दुई जनाको हत्या

नेपालभ्युज

बञ्चरो प्रहारबाट दुई जनाको हत्या
सांकेतिक

दाङ। दाङको घोराही उपमहानगरपालिका -१० पहेलपारमा बञ्चरो प्रहारबाट दुई जनाको हत्या भएको छ ।

शनिबार बेलुकी  ५० वर्षीया जुपली बुढा र   ४४ वर्षीया संगीता सुनारको बञ्चरो प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बुढा घोराही उपमहानगरपालिका -१० का हुन् भने सुनार सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ की हुन् ।

प्रहरीले हत्या गरेको आरोपमा रोल्पाको थवाङ गाउँपालिका-२ घर भई घोराही उपमहानगरपालिका-१७ चौघेरामा बस्दै आएका ५७ वर्षीय टेकबहादुर घर्तीलाई पक्राउ गरेको छ । घर्ती अटो चालक रहेको बताइएको छ ।

घटनाबारे अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved