काठमाडौं । चर्चित गायिका एलिना चौहानलाई वैवाहिक जीवनको बधाई तथा शुभकामना दिन नेतादेखि कलाकारसम्म पुगेका छन् । बिर्तामोडको बिर्ता पार्टी प्यालेसमा भइरहेको विवाह समारोहमना एलिना र उनका पति विष्णु सापकोटालाई बधाई दिनेको भीड छ ।
राष्ट्रियसभा सदस्य कृष्ण सिटौला पनि विवाहस्थल पुगेका छन् । सिटौला झापाकै बासिन्दा हुन् ।
एलिना र विष्णुलाई दाम्पत्य जीवनको शुभकामना दिन रचना रिमाल, मेलिना मैनालीलगायतका कलाकार झापा पुगेका छन् । रचना पनि झापाकै हुन् । एलिना र रचना समकालीन हुन् । केही वर्षदेखिको प्रेम सम्बन्धलाई एलिना र विष्णुले दाम्पत्य जीवनमा परिणत गर्न लागेका हुन् ।
बिहेमा आफन्त र एलिना निकट कलाकारहरू छन् । दुलाहा विष्णु बागलुङको घरबाट जन्ती लिएर मंगलबार बेलुका झापा पुगेका थिए । भव्य सजावटसहित आयोजित समारोहमा साङ्गीतिक माहौल पनि चलिरहेको छ ।
Facebook Comment
Comment