युरोपेली संसद्मा रूसी हस्तक्षेपबारे बेल्जियमले अनुसन्धान गरिरहेको छ : प्रधानमन्त्री

नेपालभ्युज

युरोपेली संसद्मा रूसी हस्तक्षेपबारे बेल्जियमले अनुसन्धान गरिरहेको छ : प्रधानमन्त्री

ब्रसेल्स । बेल्जियमका प्रधानमन्त्री एलेक्जेन्डर डी क्रुले क्रेमलिनको दुष्प्रचार गर्न सांसदहरूलाई रूसले पैसा दिएको आरोप लागेपछि बेल्जियमका अभियोजनकर्ताहरूले युरोपेली संसद्मा रूसी ‘हस्तक्षेप’ को अनुसन्धान सुरु गरेको बताएका छन् ।

“हाम्रा न्यायिक अधिकारीहरूले अब यो हस्तक्षेप अभियोजनको अधीनमा रहेको पुष्टि गरेका छन्,” डी क्रुले भने

उनले थपे, “नगद भुक्तानी बेल्जियममा भएको थिएन, तर हस्तक्षेप हुन्छ । बेल्जियम युरोपेली सङ्घको संस्थाहरूको सीट भएकोले प्रत्येक नागरिकको स्वतन्त्र र सुरक्षित मतदानको अधिकारलाई कायम राख्नु हाम्रो दायित्व हो ।”

एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved