काठमाडौं । अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।
बुधबार बिहान सुपादेउरालीबाट पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको कार पाणिनी गाउँपालिका वडा नं. ८ कोलडाँडामा दुर्घटनामा परेको हो ।
घटनामा भूमिकास्थान नगरपालिका वडा नं. ८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए ।
घटनामा ७ जना घाइते भएका छन्।
घाइते हुनेमा कार चालक भूमिकास्थान-८ का ३४ वर्षीय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीया सम्झना क्षेत्री, उनकी छोरी इभान्सी क्षेत्री, पोखरा महानगरपालिका-१२ की ३० वर्षीया सविता अधिकारी, १५ वर्षीय प्रजोल कँडेल, ४२ वर्षीया गीता कँडेल र १० वर्षीय जेशन बस्नेत छन्।
घाइते चार जनाको उपचार बुटवलमा र तीन जनाको जिल्ला अस्पताल सन्धिखर्कमा भइरहेको निरीक्षक रावलले बताए ।
Facebook Comment
Comment