सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउन अदालतको आदेश

नेपालभ्युज

सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउन अदालतको आदेश

काठमाडौं । सन्दीप लामिछानेको मुद्दामा अदालतले झगडिया झिकाउन आदेश दिएको छ ।

लामिछानेको पुनरावेदनमा उच्च अदालत पाटनमा पहिलो दिनको सुनुवाईपछि न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले यस्तो आदेश दिएको हो ।

उच्च अदालतमा आज सन्दीपको मुद्दा पहिलो नम्बरमै परेको थियो ।

तल्ला तहका अदालतले गरेका फैसलामाथि न्यायाधीशले पुनरावलोकन आवश्यक देखेको खण्डमा झगडिया झिकाउने आदेश गर्ने कानुनी व्यवस्था छ ।

झगडिया झिकाउनु भनेको मुद्दाका दुवै पक्षहरुलाई बोलाउन भनिएको हो ।

८ वर्ष जेल सजाय तोक्ने जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध लामिछानेले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved