एजेन्सी। विश्वव्यापी रुपमा तिव्र फैलिरहेका डेल्टा र ओमिक्रोन भेरिएन्टले ‘संक्रमणको सुनामी’ सिर्जना गरिरहेको विश्व स्वास्थ संगठन (डब्ल्युएचओ)का महानिर्देशक टेडरोस अदानोम घेब्रेयसअसले जनाएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै टेडरोसले खोपलाई समान रुपमा वितरण गर्नुपर्ने अडान पनि दोहोर्याए।
धनी देशहरूमा बुस्टर डोज लगाउँदा गरिब देशहरूमा खोपको कमी हुनसक्ने खतरा पनि उनले औल्याँए।
विश्वभर ७० प्रतिशतलाई खोप लगाउनले लक्ष्य पूरा गर्नसके महामारीको खतरनाक चरण अन्त्य गर्न सकिने उनले बताए।
अमेरिका र बेलायतसहित धेरै देशहरूमा डेल्टा भेरिएन्टबाट संक्रमित हुनेको संख्यालाई ओमिक्रोन भेरिएन्टबाट संक्रमित हुनेको संख्याले उछिनेको डब्ल्युएचओले जनाएको छ।
ओमिक्रोनबाट सिर्जित जोखिम अझै उच्च रहेको डब्ल्युएचओको ठहर छ। विश्वभर पछिल्लो साता संक्रमितहरूको संख्या बढ्दो छ।
Facebook Comment
Comment