सुनकोशीमा बेपत्ता तीनमध्ये एक बालक मृत भेटिए

नेपालभ्युज

सुनकोशीमा बेपत्ता तीनमध्ये एक बालक मृत भेटिए

काठमाडौं । होली खेलेर सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये एक जना मृत भेटिएका छन् ।

आइतबार होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा पौडी खेल्दा उदयपुरको त्रियुगा नगरपालिका-१४ साउनेका १२ वर्षीय रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगर बेपत्ता भएका थिए ।

मंगलबार खोजी गर्ने क्रममा धाप्लाङ घाटभन्दा करिब १ किलोमिटर तल रिदम मृत अवस्थामा भेटिएको सशस्त्र प्रहरीको बराह बाहिनीका डीआईजी अन्जनीकुमार पोखरेलले जानकारी दिए ।

उनीहरुको खोजी सशस्त्र प्रहरीको गोताखोर टोली गरिरहेको थियो । सोमबार पनि खोजी गर्दा बालबालिकाको अवस्था पत्ता लगाउन नसकेपछि टोली फिर्ता भएको थियो ।

मंगलबार थप प्रहरी परिचालन गरेर खोजी कार्य तीव्र बनाइएको थियो ।

होली खेलेर सुनकोशीमा नुहाउन गएका तीन बालबालिका ३ दिनदेखि बेपत्ता


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved