काठमाडौं । काठमाडौं उपत्यकासहित पहाडी भेगमा आज शनिबार हल्का पानी पर्ने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाले दिउँसो मौसम खुलेर केहीबेर घाम लागे पनि फेरि बदली र वर्षाको सम्भावना रहेको बताएको छ ।
कोशी, मधेस र बागमती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना छ । शनिबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा पनि पानी पर्ने सम्भावना छ ।
बिहीबार र शुक्बार कोशी, मधेस, बाग्मती र गण्डकीका केही ठाउँमा पानी परेको थियो । अरू ठाउँको तुलनामा मधेस र कोशीमा धेरै पानी परेको छ ।
भोलि र पर्सिको होली पर्वमा समेत पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् गोविन्द झाकाअनुसार विशेषगरी मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा पर्सि सोमबारसम्मै पानी पर्ने सम्भावना छ ।
केहीबेर मौसम खुले पनि पर्सिसम्मै बदली र वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।
Facebook Comment
Comment