दीपक मनाङे फेरि मन्त्री बन्दै

नेपालभ्युज

दीपक मनाङे फेरि मन्त्री बन्दै
फाइल तस्वीर

काठमाडौं । गण्डकी प्रदेशका स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे फेरि मन्त्री बन्ने भएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सत्ता टिकाई राख्नको लागि मनाङेलाई मन्त्रिपरिषदमा समेट्न लागेका हुन् ।

नयाँ बनेको गठबन्धनले सरकार गठन गर्न बहुमत पुर्याउन प्रयास गरिरहेको छ । सोही बेलामा मनाङे मन्त्री बन्न लागेका हुन् ।

मनाङेले आजै शपथ लिने तयारीसमेत भइसकेको एक नेताले जानकारी दिए । मनाङे राजनीतिक दाउपेचको फाइदा उठाउँदै पटक-पटक मन्त्री भइसकेका छन् ।

गण्डकी प्रदेश सभा ६० सदस्यीय छ । गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपाको २  र एक स्वतन्त्र सदस्य छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved