कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन फागुन ३० देखि

नेपालभ्युज

कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन फागुन ३० देखि

काठमाडौं । कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन आव्हान भएको छ । कर्णालीका प्रमुख तिलक परियारले प्रदेश सभाको तेस्रो अधिवेशन बोलाएका हुन् । परियारले फागुन ३० गते दिउँसो ३ बजे बस्नेगरी प्रदेश सभाको बैठक आव्हान गरेका हुन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बोलाउने निर्णय गरेको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सिफारिस भएबमोजिम परियारले अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved