नयाँ गठबन्धनबारे राष्ट्रपतिलाई जानकारी गराउन प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा

नेपालभ्युज

नयाँ गठबन्धनबारे राष्ट्रपतिलाई जानकारी गराउन प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ गठबन्धन बनेको विषय जानकारी गराउन शीतल निवास गएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठकपछि प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास गएका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धन बनेको र मन्त्रिपरिषद पुनर्गठनको तयारी भइरहेकोबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको बताइएको छ ।

नयाँ गठबन्धनको बैठकमा  प्रचण्डले दलहरुसँग मन्त्री बन्नेहरूको नाम मागेका छन् ।

प्रधानमन्त्री प्रचण्डले अहिलेको मन्त्रिपरिषद्को पूरै सेट परिवर्तन गरेर तत्काललाई सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved