प्रचण्डको नेतृत्वमा यस्तो बन्दै छ नयाँ मन्त्रिमण्डल

नेपालभ्युज

प्रचण्डको नेतृत्वमा यस्तो बन्दै छ नयाँ मन्त्रिमण्डल

काठमाडौं । नयाँ सत्ता गठबन्धन बनेपछि आज सानो आकारको मन्त्रिपरिषद् गठन हुने भएको छ । प्रधानमन्त्रीमा प्रचण्ड र चारदलबाट एक–एकजना मन्त्री बनाउने सहमति भएको छ ।

नयाँ गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सामेल छन् । एमालेबाट पदम गिरी, रास्वपाबाट रवि लामिछाने मन्त्री बन्ने पक्का भएको छ । माओवादीले मन्त्रीको नाम टुङ्गो लगाएको छैन ।

तर, वर्षमान पुनको संभावना छ ।

जसपाबाट सम्भवत उपेन्द्र यादव आफैं सरकारमा सहभागी हुनेछन् । रवि लामिछानेको मन्त्रालय भने अझै टुङ्गो लागेको छैन । उनले गृह मागेका छन् ।

प्रचण्डको नेतृत्वमा चार दलको पाँच सदस्यीय मन्त्रिमण्डल बन्दै


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved