वर्षाका कारण नवलपरासीमा हिजोदेखि महेन्द्र राजमार्ग अवरुद्ध, सडकमा फसेका गाडी निकाल्न समस्या

नेपालभ्युज

वर्षाका कारण नवलपरासीमा हिजोदेखि महेन्द्र राजमार्ग अवरुद्ध, सडकमा फसेका गाडी निकाल्न समस्या

काठमाडौं । नवलपरासीको दाउन्ने खण्डमा महेन्द्रराजमार्ग अवरुद्ध भएको छ ।

राजमार्ग हुँदै पूर्व र पश्चिम हिँडेका सैयौं गाडी दाउन्नेमा रोकिएका छन् । हिलोमा फसेको गाडी निकाल्न नसक्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

बर्दघाट र दुम्कीवास क्षेत्रमा सैयौं यात्रु अलपत्र परेका छन् । राजमार्ग फराकिलो पार्न भत्काइएको सडक वर्षाका कारण हिलाम्ये भएपछि सवारी साधन फसेका छन् । सडक हिलाम्येहुँदा दाउन्नेदेखि पश्चिम बर्दघाट खण्डमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

वर्षा हुने बित्तिकै सो क्षेत्रमा यसअघि पनि राजमार्ग अवरुद्ध हुँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved