भ्रष्टाचारमा मुछिएका मुख्यसचिव अर्याल बिदामा, अख्तियारको छानबिनलाई सहयोग पुर्‍याउने

नेपालभ्युज

भ्रष्टाचारमा मुछिएका मुख्यसचिव अर्याल बिदामा, अख्तियारको छानबिनलाई सहयोग पुर्‍याउने

काठमाडौं । विभिन्न भ्रष्टाचार र अनियमिततामा मुछिएका मुख्य सचिव वैकुण्ठ अर्याल आजदेखि बिदामा बस्ने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उनी बिदामा बस्न लागेका हुन् ।

टेरामक्स प्रविधि खरिदको अनियमिततामा मुछिएका उनलाई बिदामा बस्न दबाब बढेको थियो ।

सञ्चार मन्त्रालयको सचिव रहँदा अर्यालले टेरामक्स प्रविधि खरिदमा अनियमितता गरेको निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छ ।

अख्तियारले टेरामक्स खरिद प्रकरणको अनियमितताका सम्बन्धमा सबै अनुसन्धान सकेर मुद्दा दायरको तयारी गरिरहेको छ ।

मुख्यसचिव पदमा बहाल रहेकै बेला उनीमाथि कारवाहीको प्रक्रिया अघि बढाउदा सिंगो कर्मचारीतन्त्रको मनोबल गिर्ने भन्दै अर्याललाई निकास दिन अख्तियारले आग्रह गर्दै आएको थियो ।

सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा ६९ करोड ८ लाख भ्रष्टाचारको अभियोग लागेका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसँग मुख्य सचिव अर्यालको अनुचित आर्थिक कारोबारसमेत देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved