कैदी फरार भए प्रहरीकै मोटरसाइकल लिएर

दाङमा जन्मकैद सजाय भुक्तानी गरिरहेका एक कैदी भागेका छन् । उनी प्रहरीकै मोटरसाईकल लिएर फरार भएका हुन्।

नेपालभ्युज

कैदी फरार भए प्रहरीकै मोटरसाइकल लिएर
सांकेतिक तस्वीर

दाङ। दाङमा जन्मकैद सजाय भुक्तानी गरिरहेका एक कैदी भागेका छन् । उनी प्रहरीकै मोटरसाईकल लिएर फरार भएका हुन्।

घोराही कारागारमा जन्मकैद सजाय भोगिरहेका राजपुर गाउँपालिकाका जयराम परियार प्रहरीकै लु ३४ प ४१० नम्बरको मोटरसाईकल लिएर भाग्न सफल भएका हुन्।

परियारले आफु बिरामी रहेको बताएपछि प्रहरी जवान धनबहादुर चौधरीले मोटरसाइकलमा राखेर घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेका थिए ।

तर, प्रहरीको मोटरसाईकलसहित कैदी भागेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved