प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ

नेपालभ्युज

प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ

काठमाडौं । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् । ऋण प्रवाह दुरुपयोग गरेको आरोपमा सेन्चुरी बैंकका तत्कालीन सीईओ न्यौपानेसहित १० जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो ।

न्यापानेसंगै उनका चार जना बहालवाला कर्मचारीहरू दिलीप बराम, दिपेश प्रधान, रमन श्रेष्ठ र राजेश भण्डारी समेत पक्राउ परेका छन् । भने, सेन्चुरी कमर्सियल बैंकका तात्कालिन प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतमलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सेन्चुरी बैंक हालै मात्र प्रभुमा मर्ज भएको थियो । न्यौपाने मर्जपछि प्रभु बैंकमा सिनियर डेपुटी सीईओको रुपमा कार्यरत थिए ।

कमसल धितो राखेर उनीहरुले बैंकिङ कसुर गरेको प्रहरी स्रोतको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved