जनकपुरधाम । सिरहामा छुरा प्रहार गरी एक युवकको मृत्यु भएको घटनामा संलग्न आरोपमा ५ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहा प्रहरी प्रवक्ताच डीएसपी सुवास बुढाथोकीले जनाएअनुसार पक्राउ पर्नेमा सिरहाको गोलबजार-२ का २२ वर्षीय भुवन प्रसाद महतो, वडा नं. ६ का १९ वर्षीय श्रवण कुमार मण्डल, २० वर्षीय कालु भन्ने रोहन विश्वकर्मा, १८ वर्षीय सौकात खान र १९ वर्षीय धर्मेन्द्र यादव रहेका छन्।
गत शनिबार राति करिब साढे ८ बजे गोलबजार नगरपालिका वडा नं ६ मा दुई समूहबीच विवाद भएको थियो। सोही विवादमा दीपक साहलगायतका समूहले छुरा प्रहार गरेपछि वडा नं ६ डोहटियाका २६ वर्षीय राम कुमार सदा र रिकेश सदा घाइते भएका थिए।
घाइतेमध्ये रामकुमार सदाको उपचार क्रममा मृत्यु भएको र रिकेश सदाको उपचार भइरहेको छ। घटनापछि स्थानीयले राजमार्ग अवरुद्ध पारी आन्दोलन गरेका थिए।
Facebook Comment
Comment