काठमाडौं । समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ लाई तोकिएको छ । मोर्चाको बिहान बसेको बैठकले विप्लवलाई संयोजकको जिम्मेवारी दिएको हो ।
यसअघि मोर्चाको संयोजकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल थिए । आलोपालो नेतृत्वको प्रावधानअनुसार विप्लवलाई संयोजक बनाइएको बैठकपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।
सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव गुरुङले अहिलेसम्म विभिन्न ५८ जिल्लामा मोर्चाको संयोजन समिति गठन भइसकेको बताए । मोर्चाले मुख्य शहरमा चाँडै जनपरिचालनका कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।
गत साउन ४ गते माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा भएको थियो।
Facebook Comment
Comment