माओवादी सांसदको आरोप : अरुण चौधरीलाई छोड्ने न्यायाधीश अपराधी हुन्

नेपालभ्युज

माओवादी सांसदको आरोप : अरुण चौधरीलाई छोड्ने न्यायाधीश अपराधी हुन्
फाइल तस्वीर

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का राष्ट्रिय सभा सदस्य नरबहादुर बिष्टले न्यायाधीश यज्ञप्रसाद आचार्यलाई अपराधीको संज्ञा दिएका छन् ।

सोमवारको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यले अरुण चौधरीलाई दुई दिनमै छोड्न आदेश दिएको भन्दै न्यायाधीशमाथि भ्रष्टाचारी र अपराधीको आक्षेप लगाएका हुन् ।

उनले आफूले छोड्न आदेश दिने न्यायाधीशको मुगु सरुवा गरेकोप्रति असन्तुष्टि जनाउँदै मुगु नेपाल नै भएकाले अनैतिक काम गर्नेलाई न्यायपरिषद्ले कारबाही गर्नुपर्ने माग गरे ।

उनले सरकारले थुप्रै राम्रा काम गर्दागर्दै पनि देशमा फेरि पनि भ्रष्टाचार र गरिबीले आक्रान्त बनाएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved