काठमाडौं । कोरोना भाइरसविरुद्धको सिनोभ्याक खोपको ४० लाख मात्रा इट्टा भट्टामा राखेर नष्ट गर्ने तयारी गरिएको छ । चीन सरकारको अनुदानमा प्राप्त भएको खोप बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि सरकारले नष्ट गर्ने तयारी गरेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा यी खोप थन्किएका थिए । उक्त खोपको म्याद पुस ७ मा सकिएपछि नष्ट गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
खोप मेसिन हालेर निर्मलीकरण वा अत्याधिक तापक्रम (इट्टाभट्टा) मा हालेर नष्ट गर्ने तयारीमा छलफल चलिरहेको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले बताए ।
विश्व स्वास्थ्य संगठनले (डब्लुएचओ) ले त्यसबेला सिनोभ्याकको सट्टा फाइजरको खोप लगाउन सुझाव दिएपछि सिनोभ्याक खोप बुस्टर डोजका लागि उपयुक्त नभएको भन्दै नलगाउने निर्णय गरिएपछि यो प्रयोगमा आएको थिएन ।
Facebook Comment
Comment