काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबैलाई समानरुपमा २४ सैं घण्टा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन् ।
सिंहदरवारमा आयोजित मेलम्ची खानेपानीको पुन: वितरण शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री दाहालले समानुपातिक, सुरक्षित र तोकिएको परिमाणको खानेपानी सबै उपभोक्ताको धारामा न्यायोचित वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
उनले सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौं उपत्यकामा नयाँ वितरण प्रणाली जोडेर पानी वितरणलाई थप सहज बनाइने बताए ।
त्यस्तै उनले फोहर पानी प्रशोधन केन्द्र स्थापना गरेर पानीको अभावलाई पूर्ति गर्ने तर्फ सरकारले योजना बनाइ रहेको उल्लेख गरेका छन् ।
काठमाडौँ उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन सरकारले दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कामलाई समेत अघि बढाइने बताए ।
Facebook Comment
Comment