हमासको विनास नभएसम्म युद्ध अन्त्य हुदैन : इजरायली प्रधानमन्त्री नेतान्याहु

नेपालभ्युज

हमासको विनास नभएसम्म युद्ध अन्त्य हुदैन : इजरायली प्रधानमन्त्री नेतान्याहु

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासको विनास नभएसम्म युद्ध अन्त्य नहुने बताएका छन् । नेतान्याहुले आफ्ना सबै लक्ष्यहरू प्राप्त भएपछि मात्रै युद्ध रोकिने बताएका हुन् ।

इजरायली सेनाले गाजामा रहेका हमासका सबै संरचना नष्ट भएको घोषणा गरे लगत्तै प्रधानमन्त्री नेतान्याहुले विज्ञप्ती मार्फत हमासले तीन महिनाअघि गरेको भयानक नरसंहार आफुहरुले नबिर्सिएको उल्लेख गरेका छन् ।

गाजाबाट हमासको अन्त्यसँगै आफ्ना बन्धकलाई फिर्ता नगरेसम्म युद्ध नरोक्न निर्देशन दिएको उनले बताए ।

हामीले सबै लक्ष्यहरू प्राप्त नगरेसम्म युद्ध रोक्न हुँदैन,’ नेतन्याहुले भने । उनले हमासलाई कुनै पनि प्रकारको उन्मुक्ति नदिने र दक्षिण र उत्तर दुवैमा सुरक्षा पुनः स्थापना नगरेसम्म लड्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved