इजराइली आक्रमणमा दुई पत्रकारको मृत्यु

नेपालभ्युज

इजराइली आक्रमणमा दुई पत्रकारको मृत्यु
फाइल फोटो

गाजापट्टी । इजराइली आक्रमणमा प्यालेस्टिनी क्षेत्रमा दुई पत्रकार मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ ।

एएफपी समाचार समितिका भिडियो स्ट्रिन्जर मुस्तफा थुरिया र अल जजिरा टेलिभिजन नेटवर्कका पत्रकार हम्जा वेल दहदौह कारमा यात्रा गरिरहेको बेला मारिएको मन्त्रालय र चिकित्सकहरूले बताएका छन् ।

हम्जाका बुबा वाएल अल–दहदौह गाजापट्टीमा अल जजिराका ब्युरो प्रमुख छन् र हालैको एक आक्रमणमा उनि पनि घाइते भएका छन् । युद्धको सुरुआती साताहरूमा एउटा छुट्टै इजराइली आक्रमणमा उनकी पत्नी र दुई छोराछोरी मारिएपछि उनि घाइते  भएका थिए ।

थुरियाले सन् २०१९ देखि एएफपीसँग काम गरेकी थिईन् ।

न्युयोर्कस्थित कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सका अनुसार अक्टोबर ७ मा इजराइल र हमासबीच युद्ध सुरु भएपछि डिसेम्बर ३१ सम्म कम्तीमा ७७ पत्रकार र मिडियाकर्मी मारिएका छन् । तीमध्ये ७० प्यालेस्टिनी, चार इजराइली र तीन लेबनानी रहेका छन् । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved