काठमाडौं। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेस सभापतिमा विजयी भएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्। उनले सबैलाई समेटेर एकतावद्ध र सशक्त कांग्रेस निर्माण गर्न आग्रह समेत गरेका छन्।
‘हामी राष्ट्रिय जीवन र पार्टी जीवनको इतिहासको अत्यन्तै गम्भीर मोडमा छौं। एकातिर सात दशक लामो संघर्षबाट नेपलाी जनताले स्थापित गरेको लोकतन्त्र र संविधानसभामार्फत जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कोतिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रयत्न जारी छ,’’ पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लृेख छ,‘‘यी दुबै संकटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो। सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् अनि लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस्। जय नेपाल।’’

Facebook Comment
Comment