बचतकर्ताको अर्बौँ ठगेर भागेका जिबी राईसहित चार जनाविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी हुँदै

जिल्ला प्रहरी कार्यालय कास्कीमा १ हजार ३६ जनाले उजुरी दिएका छन् । जसअनुसार एक अर्ब ११ करोड रुपैयाँ अपचलन भएको उजुरी छ । त्यसबाहेक पनि उजुरी आउने क्रम जारी नै रहेको प्रहरीले जनाएको छ ।

नेपालभ्युज

बचतकर्ताको अर्बौँ ठगेर भागेका जिबी राईसहित चार जनाविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी हुँदै

काठमाडौं । ग्यालेक्सी फोर–के टिभीका सञ्चालक समेत रहेका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जिबी राईविरुद्ध‘डिफ्युजन नोटिस’ जारी गर्न प्रहरीले पत्राचार गरेको छ ।

उनीसहित चार जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र लेखेको हो ।

डिएसपी श्रवणकुमार विकका अनुसार कास्की प्रहरीले पुस ५ गते पत्राचार गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीमा १ हजार ३६ जनाले उजुरी दिएका छन् ।

जसअनुसार एक अर्ब ११ करोड रुपैयाँ अपचलन भएको उजुरी छ । त्यसबाहेक पनि उजुरी आउने क्रम जारी नै रहेको प्रहरीले जनाएको छ ।

पूर्वअध्यक्षद्वय भूपेन्द्र राई, थानबहादुर बुढामगर र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरूङविरूद्ध जारी गर्न प्रधान कार्यालयको इन्टरपोल शाखालाई अनुरोध गरेको हो ।

इन्टरपोल शाखाले यस विषयमा अध्ययन गरिरहेको छ। जसअनुसार अपुग भएका थप कागजात \ विवरण मगाउने तयारी भइरहेको छ ।

सबै प्रक्रिया पुगिसकेपछि उक्त शाखाले इन्टरपोललाई अनुरोध गर्छ । अनुरोध गरेपछि इन्टरपोलकै अधिकारीहरूले अध्ययन गरी कैफियत देखिएमा थप विवरण माग्न सक्ने र त्यसपछि नोटिस जारी गर्ने स्रोतले बतायो ।

यस मुद्दामा जिबी राई सहित १८ जना फरार छन् । उक्त सहकारीका कोषाध्यक्ष कुमार रम्तेल काठमाडौंबाट पक्राउ परेका थिए । अन्य फरार भएका हुन् ।
जिबी राईविरूद्ध अरू सहकारीमार्फत ठगी गरेको समेत आरोप छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved