काठमाडौं । काठमाडौं रेजर्सलाई हराउँदै ललितपुर सिटी नेपाल सुपर लिग (एनएसएल)को क्वालिफायरमा पुगेको छ ।
दशरथ रंगशालामा मंगलबार भएको खेलमा काठमाडौंलाई ३-० ले हराउँदै ललितपुर क्वालिफायरमा पुगेको हो ।
इमोह इजेकेलले ३६ औं मिनेटमा गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको खेल सकिन एक मिनेट अघि इबु केबेले गोल गर्दै अग्रता दोब्बर बनाए ।
अनन्त तामाङको हेड प्रहारलाई काठमाडौंका डिफेन्डर कुलदीप कार्कीले रोकेपनि गोल लाइनमा खसेको बलमा केबेले गोल गरे ।
५६ औं मिनेटमा इजिकेलले ब्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई शानदार जित दिलाए ।
७४ औं मिनेटमा काठमाडौं १० खेलाडीमा सिमित बनेको थियो । इबु केबेलाई रोक्ने क्रममा दोहोरो पहेलो कार्ड खादै काठमाडौंका कप्तान अन्जन राई बाहिरिएका थिए ।
फाइनल प्रवेशका लागि क्वालिफायरमा अब ललितपुरले पोखरा थन्डर्ससँग बिहीबार प्रतिस्पर्धा गर्ने छ ।
Facebook Comment
Comment