हमासलाई निमिट्यान्न नपारेसम्म गाजामा आक्रमण रोकिन्न- नेतान्याहु

नेपालभ्युज

हमासलाई निमिट्यान्न नपारेसम्म गाजामा आक्रमण रोकिन्न- नेतान्याहु

काठमाडौं । इजरायलले हमासको अन्त्य नगरेसम्म गाजामा युद्धविराम नहुने बताएको छ । इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको उन्मूलन नभएसम्म गाजामा युद्धविराम नहुने बताएका हुन् ।

युद्ध विरामका लागि दबाब झेलिरहेका नेतान्याहुले विज्ञप्ती मार्फत हमासको अन्त्य नभएसम्म युद्ध नरोक्ने स्पष्ट पारेका हुन् ।

हमासको उन्मूलन, बन्धकहरूको रिहाइ र गाजाबाट खतराको अन्त्य नै इजरायलको उद्देश्य रहेको नेतान्याहुको भनाई छ ।

गाजामा सम्भावित युद्धविराममाथि छलफल गर्नका लागि इजिप्टका गुप्तचर प्रमुख अब्बास कामेलसँग कुराकानी गर्न हमास प्रमुख इस्माइल हानियेह बुधबार कायरो गएपछि नेतान्याहुको यस्तो टिप्पणी आएको हो । नेतान्याहुले कसैको दबाबमा आफ्नो मिसन नरोकिने स्पष्ट पारेका छन् ।

हमास मात्रै नभई उसका नजिकका मित्रहरुमाथि पनि हाम्रो आक्रमण रहने भन्दै नेतान्याहुले युद्ध विरामका विरुद्ध कडा जवाफ दिएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved