मतदान शुरु हुनुअघि पौडेल निवास पुगे शेखर कोइराला

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसको १४ ‍औँ महाधिवेशनअन्तर्गत सभापतिका उम्मेदवार डा. शेखर कोइराला वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न पौडेल निवास बोहराटार पुगेका छन्।

मतदान शुरु हुनुअघि पौडेल निवास पुगेका शेखरलाई पौडेलले जितको लागि शुभकामना दिएका छन्। पौडेलले नेतृत्व परिवर्तन हुनेमा आफू विश्वस्त रहेको बताएका थिए।

पौडेलले यसअघि नै उद्घाटन सत्रबाहेक महाधिवेशनका कुनै कार्यक्रममा सहभागी नहुने बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved